डोल्पा कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ

Nov 8, 2026 - 19:09
 0  17
डोल्पा कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ

२२ कातिक,काठमाण्डाैं  । जिल्ला कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ घर भएका २८ वर्षीय धनबहादुर भन्ने हरिबहादुर बुढा रहेका छन् ।

 उनीहरूलाई आज खोजतलास गर्ने क्रममा त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ्ग गाउँनजिकैको जंगलमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

 १२ वर्ष कैद सजाय तोकिएका यज्ञ विकको १० वर्ष ८ महिना कैद भुक्तान गर्न बाँकी रहेको छ भने सोही अवधिको कैद सजाय पाएका हरिबहादुर बुढाको ९ वर्ष ५ महिना कैद भुक्तान गर्न बाँकी रहेको छ ।

पक्राउ परेका दुवै जनालाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म ६ जना पक्राउ परेका छन् । अझै फरार रहेका दुई जना थुनुवाको खोजतलास जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0