छठ पर्वका अवसरमा लगातार दुई दिन सार्वजनिक बिदा
२७ कातिक,काठमाडौं । सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यससँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहने भएका छन्।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिने जानकारी गराएको हो। यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले थप एक दिन बिदा दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा धार्मिक परम्परा र पर्वको महत्त्वलाई ध्यानमा राख्दै कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ। सरकारको निर्णयसँगै छठ पर्व मनाउने सर्वसाधारणलाई पर्व मनाउन थप सहज हुने भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0