चितवनमा ६ लाख २३ हजारको पटाकासहित दुई भारतीय नागरिक पक्राउ
१८ कातिक,चितवन । चितवनमा अवैध रूपमा भित्र्याइएको ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका पटाकासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी कार्यालयहरूले चाडपर्व लक्षित गरी विभिन्न मितिमा सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत विभिन्न प्रकारका ८० हजार ३७२ थान पटाका बरामद गरिएको छ । बरामद पटाकाको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ रहेको छ ।
यस्तै, उनीहरूको साथबाट १ लाख ७२ हजार ३०० रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी निवासी ४१ वर्षीय सञ्जय साह तेली र २९ वर्षीय राज जैसवाल उर्फ कन्हैया कुमार रहेका छन् ।
पटाकाजन्य विस्फोटक पदार्थसहित पक्राउ परेका उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0