काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय किशोरको मृत्यु, चालक गम्भीर घाइते

Oct 19, 2026 - 07:42
 0  4
काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय किशोरको मृत्यु, चालक गम्भीर घाइते

२ कार्तिक,काठमाण्डौंं  । गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

कार्तिक १ गते राति करिब ११ः२० बजे रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको हो।

 उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका चालक मोहन ठाकुरको सुरुमा नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचार भइरहेको थियो।

थप उपचारका लागि उनलाई  साेमबार बिहान १ः४५ बजे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0