कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट ६३ वर्षीया जलिया थारूको मृत्यु

Oct 28, 2026 - 12:41
 0  2
कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट ६३ वर्षीया जलिया थारूको मृत्यु

ईर्साद अन्सारी

११ कातिक,कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४, गजेहडाकी ६३ वर्षीया जलिया थारू रहेकी छन्।

प्राप्त विवरणअनुसार बुधबार बिहान ८ः५५ बजे वाणगंगा नगरपालिका–१ निवासी ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेकी थारूलाई ठक्कर दिएको थियो।

 मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थारूको उपचारका क्रममा बिहान १०ः१० बजे मृत्यु भएको हो।

 घटनापछि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले मोटरसाइकल चालक घिमिरेलाई नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0