ई–जीपी प्रणाली ह्याक गरी ठेक्काको आर्थिक प्रस्ताव हेरफेर गरेको आरोपमा तीन जना पक्राउ

Nov 3, 2026 - 12:57
 0  9
ई–जीपी प्रणाली ह्याक गरी ठेक्काको आर्थिक प्रस्ताव हेरफेर गरेको आरोपमा तीन जना पक्राउ

१७ कातिक,काठमाण्डाै ं ।  सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा अनधिकृत पहुँच पुर्‍याएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात परिवर्तन गरेको विषयमा प्राप्त निवेदनका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरिएको थियो।

अनुसन्धानका क्रममा संलग्नता खुलेका तीन जनालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले  कात्तिक १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

 पक्राउ परेका तीनै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0