इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु

Nov 8, 2026 - 09:50
 0  13
इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु

२२ कातिक,ईटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ ।

कोशी लोकमार्गमा शनिबार राति करिब ११ः५० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै पुरुष गम्भीर घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृत्यु हुने दुवै पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0