‘रास्वपा केन्द्रीय सदस्य र प्रधानमन्त्री सचिवालयको सदस्य हुँ’ भन्दै धाकधम्की दिने, झापाका एक युवक पक्राउ
२९ भदाै,झापा । विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै झुटो परिचय दिएर सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गर्ने र दबाब तथा धाकधम्की दिने आरोपमा झापामा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।
विश्वकर्माले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै परिचय दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनले विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गरी आफ्नो पदको प्रभाव देखाउँदै दबाब तथा धाकधम्की दिने गरेको आरोप छ।
प्रहरीका अनुसार विश्वकर्माले दाबी गरेको पद तथा जिम्मेवारी वास्तविक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
प्रहरीले विश्वकर्माले कसैलाई झुटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0