२५ वर्ष कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका फरार कैदी पोखरामा पक्राउ
ईर्साद अन्सारी
३ कार्तिक,काठमाण्डाैं । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका फरार कैदी सन्तोष जलारी पक्राउ परेका छन्।
कास्की कारागारबाट फरार भएका जलारीलाई प्रहरीले पोखरा महानगरपालिका–स्थित पृथ्वीचोकमा रहेको न्यू झरना गेस्ट हाउसबाट पक्राउ गरेको हो। प्राप्त विवरणअनुसार, जलारी २०८३ असोज ३१ गते राति कास्की कारागारबाट फरार भएका थिए।
उनी फरार भएपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो। खोजतलासका क्रममा प्रहरी टोलीले मंगलबार गेस्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा जलारीलाई फेला पारी पक्राउ गरेको जनाइएको छ।
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका जलारी कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0