रसुवा बाढीपीडितका लागि महागढीमाई नगरपालिकाले ४१ लाख ५१ हजार सहयोग गर्ने
१५६ भदाै,बारा । रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि बाराको महागढीमाई नगरपालिकाले ४१ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
महागढीमाई नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय नगर कार्यपालिकाले गरेको हो ।
नगर प्रमुख उपेन्द्रप्रसाद यादवले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताएका छन् ।
उनले सहयोगका लागि योगदान गर्ने सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
नगरपालिकाले विपद्का बेला एकअर्काको साथ र सहयोग आवश्यक रहेको भन्दै ‘एकता बढाऔं, सहयोग गरौं, जीवन बचाऔं’ भन्ने सन्देशसमेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
1
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0