मुगुमा स्काईभेटरसहित पुरिएका चालक उद्धारपछि अस्पताल लगियो

Oct 12, 2026 - 11:39
 0  5
मुगुमा स्काईभेटरसहित पुरिएका चालक उद्धारपछि अस्पताल लगियो

२६ असाेज,मुगु । मुगुमा सुख्खा पहिरोले स्काईभेटरसहित पुरिएका चालकलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।

सोमबार बिहान करिब ८:३० बजे मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा माथिबाट अचानक सुख्खा पहिरो खसेको थियो ।

 पहिरोले बा ३ क ३२७६ नम्बरको स्काईभेटरसहित चालकलाई पुरेको थियो । पहिरोमा पुरिनेमा बझाङको बुङ्गल नगरपालिका–१० निवासी २४ वर्षीय बिमल बाग रहेका छन् ।

 उनलाई जेसीबीको सहायताले बिहान करिब १०:३० बजे पहिरो पन्छाएर उद्धार गरिएको हो । गम्भीर अवस्थामा रहेका बागलाई बा.प्र.०१–००४ क ६४८३ नम्बरको ट्रकमार्फत उपचारका लागि रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिएको छ ।

 यस्तै, स्काईभेटरका सहचालक मुगुको सोरु गाउँपालिका–१ निवासी २२ वर्षीय विनय मल्ललाई पहिरोसँगै खसेको ढुङ्गाले लाग्दा हात र खुट्टामा सामान्य चोट लागेको छ । उनलाई उपचारका लागि माझचौर मेडिकल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0