माछा बोकेको ट्रकको त्रिपाल खोल्दा भेटियो पटाका, भन्सार छलीको आशंकामा पक्राउ परेको गाडीमा थप रहस्य

Nov 5, 2026 - 12:41
 0  27
माछा बोकेको ट्रकको त्रिपाल खोल्दा भेटियो पटाका, भन्सार छलीको आशंकामा पक्राउ परेको गाडीमा थप रहस्य

१९ कातििक,वीरगञ्ज । भन्सार छलीको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको माछा बोकेको  ट्रकको जाँच गर्ने क्रममा पटाका फेला परेको छ।

 वीरगञ्ज भन्सार कार्यालयले जाँचबुझका लागि ट्रकको त्रिपाल खोलेर चेकजाँच गर्दा माछासँगै पटाका पनि फेला परेको हो।

आईसीपिबाट   माछा बोकेर आएको प्रदेश २००–१–ख–७०७४ नम्बरको मिनी ट्रकमा भन्सार प्रज्ञापनपत्रमा उल्लेख गरिएकोभन्दा बढी माछा रहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रारम्भिक स्रोतका अनुसार भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भए पनि ट्रकमा १४४ क्यारेट माछा रहेको दाबी गरिएको थियो। एउटै प्रज्ञापनपत्र प्रयोग गरी तीनवटा गाडीमा माछा भित्र्याउन खोजिएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदा उक्त गाडी नियन्त्रणमा परेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साले राति नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय श्रीपुरमा राखेको ट्रकलाई थप जाँचबुझका लागि भन्सार कार्यालयमा बुझाएको थियो। भन्सार कार्यालयमा त्रिपाल खोलेर जाँच गर्ने क्रममा माछासँगै पटाका फेला परेपछि घटनाले थप गम्भीर रूप लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0