प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त, मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

Nov 4, 2026 - 14:33
 0  10
प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त, मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

१८ कात्तिक,काठमाण्डाैं ।  । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सल्लाहकारका रूपमा राख्ने निर्णय गरेको छ ।

 मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय गरेको हो ।

 सरकारले सिधै बर्खास्त गर्दा कानुनी जटिलता आउन सक्ने देखिएपछि उनलाई पदमुक्त गरी प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी दिने बाटो अपनाएको बताइएको छ ।

पछिल्ला विवादास्पद घटनाक्रममा आईजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

यसैगरी, सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0