पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बैंकिङ कसुरमा पक्राउ

Nov 3, 2026 - 20:12
 0  62
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बैंकिङ कसुरमा पक्राउ

१७ कातिक,काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बानियाँ बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ परेका छन्।

 नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी र दिक्षान्त बानियाँ प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको हो।

उच्च अदालत पाटन, हरिहरभवन ललितपुरबाट पक्राउ अनुमति लिएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका बानियाँलाई अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीमाथि बैंकिङ कसुरसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0