धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

Oct 29, 2026 - 15:18
 0  6
धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

१२ कातिककाठमाण्डाैं । धादिङको गजुरी गाउँपालिका–८ मजुवा र सिउरेनीका दुई जनालाई चोरीको मोटरसाइकल र एक थान बन्दुकसहित नियन्त्रणमा लिइएको छ ।

 बिहीबार बिहान करिब ६ बजे पक्राउ पर्नेमा गजुरी गाउँपालिका–८ मजुवा निवासी १८ वर्षीय बुद्धि बमकाजी भन्ने सागर तामाङ र सोही स्थानको सिउरेनी निवासी २२ वर्षीय शिशिर तामाङ रहेका छन् ।

प्राप्त विवरणअनुसार सागर तामाङको साथबाट सवारी दर्ता किताब नभएको बा.प्र.०२–०६७ प ७८१३ नम्बरको कालो–निलो रङको २२० सीसीको पल्सर मोटरसाइकल र एक थान बन्दुक बरामद गरिएको छ ।

पक्राउ परेका शिशिर तामाङविरुद्ध प्रहरी वृत्त कालिमाटीमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ७५६ र ७६६ तथा प्रहरी वृत्त थानकोटमा मुद्दा नम्बर ८४ दर्ता भएको देखिएको छ ।

त्यस्तै, सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ८४ दर्ता भएको विवरणमा उल्लेख छ ।

 बरामद मोटरसाइकल र बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0