आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति, सम्बन्ध नरहेको दाबी

Oct 29, 2026 - 17:21
 0  2
आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति, सम्बन्ध नरहेको दाबी

ईर्साद अन्सारी 

१२ कातिक,काठमाण्डाैं  । केही सञ्चारमाध्यममा आफ्नो नामसमेत जोडेर समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमा आएका पोस्ट तथा केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै शर्माले आफूलाई जोडेर उल्लेख गरिएका व्यक्ति तथा प्रसङ्गसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।

उनले ती व्यक्तिहरूसँग प्रत्यक्ष वा परोक्ष रूपमा कुनै चिनजान, सम्पर्क वा सम्बन्ध नरहेको र आफूले उनीहरूलाई कहिल्यै नभेटेको स्पष्ट पारेका छन्। विज्ञप्तिमा उनले समाचारमा उल्लेख गरिएका कतिपय प्रसङ्गसँग सम्बन्धित भनिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशसमेत नरहेको अवस्था रहेको बताएका छन्।

आफ्नो नाम जोडेर प्रकाशित सामग्रीलाई आधारहीन, कपोलकल्पित र जनतामा भ्रम फैलाउने प्रकृतिको भन्दै शर्माले त्यस्ता समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0