आईजीपी कार्कीले बोलाए सातै प्रदेशका प्रहरी प्रमुख, उपत्यकाका एसएसपी पनि बैठकमा

Oct 29, 2026 - 12:54
 0  10
आईजीपी कार्कीले बोलाए सातै प्रदेशका प्रहरी प्रमुख, उपत्यकाका एसएसपी पनि बैठकमा

१२ कातिक,काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी प्रमुखसहित काठमाडौं उपत्यकामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा दिउँसो २ बजे बस्ने नीति समन्वय समिति (पीसीसी) को बैठकमा सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा काठमाडौं उपत्यकाभित्र कार्यरत एसएसपीहरूलाई समेत सहभागी हुन बोलाइएको छ ।

सामान्यतया पीसीसी बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी सहभागी हुने गरेका थिए । यसअघि काठमाडौं उपत्यकाभित्रका डीआईजी र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) लाई मात्रै बोलाउने गरिएकोमा यसपटक सातै प्रदेशका डीआईजी र उपत्यकाका एसएसपीहरूलाई समेत एकैसाथ सहभागी गराउन लागिएको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बैठकमा मुलुकको वर्तमान शान्ति सुरक्षा अवस्था र प्रहरी संगठनका विभिन्न विषयमा छलफल हुनेछ । तर, सातै प्रदेशका प्रहरी प्रमुख र उपत्यकाका एसएसपीहरूलाई एकैपटक बोलाउनुको विशेष कारण भने खुलाइएको छैन ।

सामान्यतया पीसीसी बैठकमा प्रहरी संगठनले अवलम्बन गर्नुपर्ने नीति, संगठनात्मक विषय तथा संस्थागत धारणा निर्माणलगायत विषयमा छलफल हुने गर्छ । यसपटक भने शान्ति सुरक्षाको अवस्थालाई प्राथमिकतामा राखेर छलफल गर्न लागिएको बताइएको छ ।

यसैबीच, पछिल्लो समय आईजीपी कार्की र सरकारबीच सम्बन्ध बिग्रिएको तथा प्रधानमन्त्रीले उनलाई पदबाट हटाउन चाहेको भन्ने विवरणहरू सार्वजनिक भइरहेका छन् ।

 यही पृष्ठभूमिमा सातै प्रदेशका डीआईजी र काठमाडौं उपत्यकाका एसएसपीहरूलाई समेत सहभागी गराएर बैठक बोलाइएपछि प्रहरी संगठनभित्रको गतिविधिलाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0