अंग्रेजकालीन जीर्ण पुल भत्किँदा बालकको मृत्यु, उद्धारमा खटिएका प्रहरीसहित सात घाइते

Oct 12, 2026 - 11:03
 0  5
अंग्रेजकालीन जीर्ण पुल भत्किँदा बालकको मृत्यु, उद्धारमा खटिएका प्रहरीसहित सात घाइते

२६ असाेज,बारा । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा अंग्रेजको शासनकालमा निर्माण भएको जीर्ण पुल भत्किँदा १३ वर्षीय बालकको मृत्यु भएको छ भने उद्धारका क्रममा प्रहरी अधिकारीसहित सात जना घाइते भएका छन्।

घटना आइतबार (११ अक्टोबर) बिहान मोतिहारीको शिकारगञ्ज थाना क्षेत्रअन्तर्गत भगवतपुर भलुआहिया गाउँमा कछुवा नदीमाथि रहेको पुरानो पुलमा भएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार पुल पार गरेर पशुका लागि घाँस काट्न खेततर्फ जाँदै गरेका पाँच जना बालबालिका पुलको एक भाग भत्किँदा भग्नावशेषमा पुरिएका थिए।

घटनामा शम्भु महतोका १३ वर्षीय छोरा छोटु कुमारको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। घटनापछि स्थानीय बासिन्दाले उद्धार गरेर घाइतेलाई अस्पताल पुर्‍याएका थिए।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि मोतिहारी पठाइएको समाचारमा उल्लेख छ। दुर्घटनापछि क्षतिग्रस्त पुलको अवस्था बुझ्न पुगेका शिकारगञ्ज थानाध्यक्ष गोपाल कुमार, स्थानीय मुखिया र पंचायत समिति सदस्यसमेत पुलको अर्को भाग भत्किँदा घाइते भएका छन्।

यससँगै घटनामा घाइते हुनेको संख्या सात पुगेको हो। बालकको शव पोस्टमार्टमका लागि मोतिहारी सदर अस्पताल पठाइएको छ।श्राेत:एजेन्सीकाे सहयाेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0