सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु, तीन जना घाइते
६ कात्तिक,काठमाण्डाैं । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित सडकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा भोक्राहा नरसिंह गाउँपालिका–३ निवासी २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्र.०१–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका ०१३७ नम्बरको मोटरसाइकल चालक यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनामध्ये एक जनाको न्यूरो अस्पताल विराटनगर र दुई जनाको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0