सरकारी सुरक्षा हटेपछि एमाले केन्द्रीय कार्यालयमा पूर्वसैनिक र प्रहरीको पहरा

Oct 16, 2026 - 10:32
 0  11
सरकारी सुरक्षा हटेपछि एमाले केन्द्रीय कार्यालयमा पूर्वसैनिक र प्रहरीको पहरा

ईर्साद अन्सारी

३० असोज,काठमाण्डाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ।

 सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा सेवा हटाइएपछि पार्टीले आफ्नै व्यवस्थापनमा पूर्वसैनिक तथा पूर्वप्रहरीलाई परिचालन गरी कार्यालयको सुरक्षा बढाएको हो। कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस भएपछि एमालेले चौतर्फी रूपमा सीसीटीभी क्यामेरा जडान गरी निगरानीसमेत तीव्र बनाएको जनाइएको छ।

प्राप्त विवरणअनुसार, वि.सं. २०४८ देखि एमाले केन्द्रीय कार्यालयमा उपलब्ध गराउँदै आएको सरकारी सुरक्षा सेवा हालै हटाइएको थियो। पार्टीलाई पूर्वजानकारी नदिई सुरक्षा हटाइएको दाबी गरिएको छ।

सरकारी सुरक्षा हटेपछि कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेको भन्दै पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाएको बताइएको छ।

नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा गर्नेछ। साथै, सीसीटीभी क्यामेरामार्फत कार्यालय परिसरका गतिविधिमाथि निरन्तर निगरानी राखिनेछ।

सरकारी सुरक्षा हटाउने निर्णयको कारण र त्यसबारे सरकारको आधिकारिक धारणा भने उपलब्ध विवरणमा खुलाइएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0