वीरगञ्जको हर्ष ज्वेलर्समा चोरी गरेको आरोपमा महिला पक्राउ, ४ लाखभन्दा बढीका गहना बरामद

Oct 20, 2026 - 12:53
 0  7
वीरगञ्जको हर्ष ज्वेलर्समा चोरी गरेको आरोपमा महिला पक्राउ, ४ लाखभन्दा बढीका गहना बरामद

३ कार्तिक,पर्सा  । पर्साको वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिरको उत्तरतर्फ रहेको हर्ष ज्वेलर्समा भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

 प्रहरीले चोरी भएका सुन तथा चाँदीका गरगहनासमेत बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार  असोज ३० गते दिउँसो करिब २ बजे रानीघाटका रञ्जित साह सोनारको हर्ष ज्वेलर्सबाट गरगहना चोरी भएको थियो।

 घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक तोला सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल बरामद गरेको जनाएको छ। बरामद गरिएका गरगहनाको अनुमानित मूल्य ४ लाख ११ हजार रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ।

 वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले चोरी भएका गरगहना बरामद गर्नुका साथै घटनामा संलग्न रहेको आरोपमा एक महिलालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0