राहुल यादवको घातक बलिङले काठमान्डु तहसनहस, जनकपुरलाई ११६ रनको लक्ष्य

Oct 29, 2026 - 14:33
 0  6
राहुल यादवको घातक बलिङले काठमान्डु तहसनहस, जनकपुरलाई ११६ रनको लक्ष्य

१२ कातिक,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सका बलर राहुल यादवले घातक बलिङ गर्दै काठमान्डु गोर्खाजको ब्याटिङ लाइनअप ध्वस्त पारेका छन् ।

 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु राहुलको धारिलो बलिङसामु टिक्न नसक्दा १९.३ ओभरमै ११५ रनमा अलआउट भयो । यससँगै जनकपुरले जितका लागि ११६ रनको लक्ष्य पाएको छ ।

काठमान्डुको इनिङ्स धराशायी बनाउन राहुल एक्लैले चार विकेट लिए । उनको उत्कृष्ट बलिङले काठमान्डुका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएन । सैफ हसनले दुई विकेट लिँदा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट हात पारे ।

ब्याटिङतर्फ काठमान्डुका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 राहुलको घातक बलिङका कारण सामान्य योगफलमा समेटिएको काठमान्डुका लागि अब जनकपुरलाई रोक्नु चुनौतीपूर्ण बनेको छ ।

११६ रनको लक्ष्य पछ्याउँदै गरेको जनकपुरले कस्तो प्रदर्शन गर्छ र काठमान्डुले खेलमा पुनरागमन गर्न सक्छ कि सक्दैन भन्नेमा खेलको नतिजा निर्भर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0