मुगुमा पहिरोले एक्स्काभेटर पुरिँदा चालक बेपत्ता, सहचालक घाइते
२६ असाेज,मुगु । सडक निर्माणका क्रममा खसेको सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन् ।
सोमबार बिहान करिब ८:३० बजे मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सडक खन्ने क्रममा माथिबाट सुक्खा पहिरो खस्दा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटर पुरिएको हो ।
पहिरोमा परी एक्स्काभेटर चालक २४ वर्षीय विमल बाग पुरिएका छन् । घटनामा सहचालक २२ वर्षीय विनय मल्ल घाइते भएका छन् । घाइते मल्लको अवस्थाबारे थप विवरण प्राप्त हुन सकेको छैन ।
घटनालगत्तै चालकको उद्धारका लागि १३ जना प्रहरी परिचालन गरिएको समाचारमा उल्लेख छ । पहिरोले एक्स्काभेटरसहित चालक पुरिएकाले उद्धार कार्य चुनौतीपू बनेकाे छ । । घटनाको विस्तृत विवरण तथा उद्धारको पछिल्लो अवस्थाबारे सम्बन्धित निकायबाट थप जानकारी आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0