माइतीघरमा जेनजी अभियन्ताद्वारा आत्मदाहको प्रयास

Sep 8, 2026 - 19:41
 0  0
माइतीघरमा जेनजी अभियन्ताद्वारा आत्मदाहको प्रयास

२३ भदाै,काठमाडौं । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको माग सम्बोधन नगरेको भन्दै जेनजी अभियन्ता लक्ष्मी देवीले काठमाडौंको माइतीघरमा आत्मदाहको प्रयास गरेकी छन्।

मंगलबार माइतीघरमा प्रदर्शनका क्रममा देवीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्। उनको प्रयासपछि प्रदर्शनस्थलमा रहेका सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरूले तत्काल नियन्त्रणमा लिएको बताइएको छ।

 जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको माग सम्बोधन गर्न सरकारले पटक–पटक आश्वासन दिए पनि कार्यान्वयन नगरेको आरोप प्रदर्शनकारीहरूको छ।

 उनीहरूले शहीद परिवारलाई उचित राहत तथा सम्मान, घाइतेहरूको उपचार र पुनःस्थापनालगायतका माग तत्काल पूरा गर्न सरकारसँग माग गर्दै आएका छन्।

 आत्मदाहको प्रयासपछि माइतीघर क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको थियो। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0