धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या, नाती पक्राउ

Sep 7, 2026 - 13:43
 0  9
धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या, नाती पक्राउ

२२ भदाै,म्याग्दी । बेनी नगरपालिका–२, खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।

प्रहरीका अनुसार भदौ २२ गते बिहान करिब ११ः३० बजे मनकुमारीलाई उनकी छोरीका छोरा अन्दाजी २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट गम्भीर घाइते भएकी मनकुमारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटना लगत्तै बरुवाल फरार भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली खोजतलासका लागि परिचालन गरिएको थियो।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बरुवाललाई बेनी नगरपालिका–२ स्थित हाडेभिरमा भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 पक्राउ परेका बरुवालमाथि घटनाको कारण खुलाउने तथा घटनासँग सम्बन्धित थप प्रमाण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0