मकवानपुरमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको मृत्यु

Oct 29, 2026 - 11:55
 0  4
मकवानपुरमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको मृत्यु

१२ कातिक,बारा । मकवानपुरको भीमफेदी गाउँपालिकामा बसको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–८, ईपा निवासी ६३ वर्षीया लिला देवी खत्री रहेकी छन् ।

 प्राप्त विवरणअनुसार, बिहिबार  बिहान करिब ७ः३० बजे ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएकी खत्री बसको अगाडिबाट बाटो पार गर्ने क्रममा सोही बसको ठक्करमा परेकी थिइन् । बसको ठक्करबाट टाउकोमा चोट लागेकी उनको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0