भारतमा ६ जना सवार हेलिकप्टर दुर्घटना, ड्रोनबाट खोजी जारी
१३ कातिक,काठमाडौं। भारतको उत्तराखण्डमा ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ।
बद्रीनाथबाट देहरादुनतर्फ आउदै गरेको ट्रान्स भारत एभिएसनको हेलिकप्टर चमोली जिल्लाको जोशीमठ नजिक दुर्घटनामा परेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार हेलिकप्टरमा ६ जना सवार थिए। दुर्घटनास्थल आसपास खोजी तथा उद्धार कार्य जारी रहेको छ।
प्रारम्भिक विवरणअनुसार खराब मौसम दुर्घटनाको सम्भावित कारण हुन सक्ने बताइएको छ। घटनास्थलमा उद्धार टोली परिचालन गरिएको छ भने खोजीका लागि ड्रोनसमेत प्रयोग गरिएको विवरण सार्वजनिक भएको छ।
हेलिकप्टरमा सवार व्यक्तिहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। दुर्घटनाको वास्तविक कारणबारे पनि अनुसन्धान भइरहेको छ।प्रतिकात्मक फाेटाे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0