प्रहरीको गोली लागेर घाइते किशोरलाई हेलिकप्टरबाट काठमाडौं लगियो

Nov 1, 2026 - 13:47
 0  2
प्रहरीको गोली लागेर घाइते किशोरलाई हेलिकप्टरबाट काठमाडौं लगियो

१५ कातिक,बारा । बाराको फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट आइतबार काठमाडौं लगिएको छ।

 फेटा–३ निवासी धर्मेन्द्र पासवानका छोरालाई वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा शल्यक्रिया गरी गोली निकालिएपछि थप उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको हो।

 उनीसँगै बुवा, ठूलो बुवा र दाइसमेत काठमाडौं गएका छन्। शनिबार १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयमा स्थानीयले आवश्यक पूर्वाधार, चिकित्सक, नर्स तथा स्वास्थ्य सुविधा सुनिश्चित गरेर मात्र उद्घाटन गर्नुपर्ने मागसहित प्रदर्शन गरेका थिए।

 प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा किशोरलाई गोली लागेको थियो। घटनामा अस्पतालमा तोडफोड, करिब नौवटा मोटरसाइकलमा आगजनी हुनुका साथै पाँच प्रहरी घाइते भएका थिए।

घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपी प्रभु प्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा एसपी भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0