नेपाल ल्याउन लागिएकाे १ किलो ८०६ ग्राम ब्राउन सुगर रक्सौलमा बरामद,स्काेरपियाे सहित दुईजना सहित पक्राउ

Oct 25, 2026 - 14:51
 0  6
नेपाल ल्याउन लागिएकाे  १ किलो ८०६ ग्राम ब्राउन सुगर रक्सौलमा बरामद,स्काेरपियाे सहित दुईजना  सहित पक्राउ

८ कातिक,पर्सा  । भारतको बिहारस्थित रक्सौलमा नेपालतर्फ तस्करी गरी लैजान लागिएको करिब ४ करोड भारतीय रुपैयाँ बराबरको स्मैक (ब्राउन सुगर)सहित दुई जना पक्राउ परेका छन् ।

 भारतको पूर्वी चम्पारण जिल्लाअन्तर्गत रक्सौलस्थित लक्ष्मीपुर चेकपोस्ट नजिक प्रहरीले शनिबार अपराह्न छापा मारी १ किलो ८०६ ग्राम लागूऔषध बरामद गरेको हो ।

 लागूऔषध तस्करीविरुद्धको विशेष कार्यदल (एसटीएफ) र प्रहरीको संयुक्त टोलीले गरेको उक्त कारबाहीमा तस्करीमा प्रयोग गरिएको स्कोर्पियो गाडीसहित दुई जनालाई नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ ।

 पक्राउ पर्नेमा रक्सौल निवासी रमेश कुमार र पलनवा थाना क्षेत्रको बहुअर्वा निवासी सन्दीप कुमार रहेका छन् । मोतीहारीका प्रहरी उपरीक्षक (एसपी) स्वर्ण प्रभातलाई गोरखपुरबाट स्कोर्पियो गाडीमा ठूलो परिमाणमा स्मैक ल्याई रक्सौल हुँदै नेपालतर्फ लैजान लागिएको विशेष गोप्य सूचना प्राप्त भएको थियो ।

सोही सूचनाका आधारमा उनले मोतीहारी र रक्सौलबाट संयुक्त प्रहरी टोली परिचालन गरेका थिए । प्रहरीले कारबाहीका क्रममा लागूऔषधका साथै स्कोर्पियो गाडी, दुई थान मोबाइल र सुनजस्तो देखिने धातुको एउटा लकेट समेत बरामद गरेको छ ।

बरामद गरिएको लागूऔषधको अनुमानित बजार मूल्य करिब ४ करोड भारतीय रुपैयाँ रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ परेका सन्दीप कुमार यसअघि पनि रक्सौल थाना क्षेत्रमा दर्ता भएको लागूऔषधसम्बन्धी मुद्दामा संलग्न रहेको खुलेको छ ।

 यस घटनासम्बन्धी प्राथमिकी (एफआइआर) दर्ता गरी थप अनुसन्धान अघाइएको छ । बरामद गरिएको लागूऔषध कहाँबाट ल्याइएको थियो, नेपालमा कसलाई र कहाँ पुर्‍याउने योजना थियो तथा यस कारोबारमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । उक्त कारबाहीको नेतृत्व अनुमण्डल प्रहरी पदाधिकारी मनीष आनन्दले गरेका थिए ।

टोलीमा प्रखण्ड कृषि पदाधिकारी गौतम कुमार, प्रहरी निरीक्षक निर्भयकुमार राय, रक्सौल थाना प्रमुख रमेशकुमार महतोसहितका सुरक्षाकर्मी, एसटीएफ मोतीहारीको टोली तथा सशस्त्र सीमा बलका सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।

 मोतीहारीका एसपी स्वर्ण प्रभातको नेतृत्वमा यसअघि पनि जिल्लाका विभिन्न स्थानमा लागूऔषधविरुद्ध कडा कारबाही चलाइएको भारतीय प्रहरीले जनाएको छ ।

 प्राप्त विवरणअनुसार विभिन्न समयमा गरिएको कारबाहीमा ६४ करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यका लागूऔषध बरामद गरिनुका साथै कारोबारमा संलग्न एक सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । यस घटनाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि भारतीय सुरक्षा निकायले निगरानी र कारबाहीलाई थप तीव्र बनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0