एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा सुदूरपश्चिम

Oct 28, 2026 - 08:05
 0  3
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा सुदूरपश्चिम

११ कातिक,काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ४ः३० बजे सुरु हुने खेलमा दुवै टोलीको प्रदर्शनमाथि क्रिकेटप्रेमीको नजर रहनेछ। पोखरा एभेन्जर्स आजको खेलसँगै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ।

उता, सुदूरपश्चिम रोयल्स भने पहिलो खेलमा बेहोरेको हार बिर्साउँदै जितको लय समात्ने लक्ष्यसहित मैदान उत्रनेछ।

 उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। त्यसैले पोखराविरुद्धको खेल सुदूरपश्चिमका लागि प्रतियोगितामा पुनरागमन गर्ने अवसर हुनेछ।

 आजको खेलमा पोखरा जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छ भने सुदूरपश्चिम पहिलो जित निकाल्दै आफ्नो स्थिति सुधार्ने प्रयासमा हुनेछ। दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको यो प्रतिस्पर्धाले एनपीएलको आजको क्रिकेट माहोल थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

 आज प्रतियोगितामा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच एकमात्र खेल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0