उदयपुरमा ब्रेक फेल भएर बोलेरो जिप सडकबाट १० मिटर तल खस्यो, २२ महिनाका बालकसहित १५ जना घाइते
९ कातिक,बारा । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार ब्रेक फेल भएर बोलेरो जिप सडकबाट करिब १० मिटर तल खस्दा २२ महिनाका बालकसहित १५ जना घाइते भएका छन्।
प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएपछि दुर्घटनामा परेको हो। दुर्घटनामा जिप चालकसहित १५ जना घाइते भएका छन्। घाइते हुनेमा जिप चालक उदयपुरको कटारी नगरपालिका–११ निवासी २९ वर्षीय निर्पबहादुर खड्का, झापाको बिर्तामोड नगरपालिका–६ निवासी ३७ वर्षीया मेनुका मगर भुजेल, उनका १४ वर्षीय छोरा रेहान भुजेल र ७ वर्षीया छोरी प्रिन्सिका भुजेल रहेका छन्।
त्यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ निवासी १६ वर्षीया तेन्जु लामा, कटारी नगरपालिका–२ निवासी ७१ वर्षीय रामबहादुर मगर र उनकी ३५ वर्षीया छोरी लिसना मगर, कटारी नगरपालिका निवासी ६० वर्षीया गोमा श्रेष्ठ, वडा नम्बर ५ निवासी ३९ वर्षीया अम्बिका दाहाल र उनका १० वर्षीय छोरा दिक्षित दाहाल पनि घाइते भएका छन्।
यस्तै, कटारी नगरपालिका–११ निवासी २१ वर्षीया निर्मला राउत, सोही ठाउँकी २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु, महोत्तरीको गौशाला नगरपालिका–१ निवासी ३५ वर्षीया कविता रेग्मी तथा सिन्धुलीको दुधौली नगरपालिका–११ निवासी प्रेम पौडेलका १० वर्षीय छोरा प्रदीप पौडेल घाइते भएका छन्।
दुर्घटनामा घाइते भएका सबैको कटारी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ७१ वर्षीय रामबहादुर मगरको अवस्था थप उपचार आवश्यक परेकाले उनलाई विराटनगर पठाइएको छ। जिप चालक खड्का सामान्य घाइते भएका छन्। उपचारपछि उनलाई नियन्त्रणमा लिइएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0