अन्तर्राष्ट्रिय लागुऔषध गिरोहका मुख्य व्यक्ति ५.५ किलो सेतो हेरोइनसहित पक्राउ
ईर्साद अन्सारी
२९ कातिक,काठमाडौँ । अन्तर्राष्ट्रिय लागुऔषध कारोबारमा संलग्न गिरोहका मुख्य व्यक्ति भारतको महाराष्ट्रका ५२ वर्षीय नागरिक ५.५ किलोग्राम सेतो हेरोइनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्र, पुणेका ५२ वर्षीय रेवाराज तिघारे रहेका छन्। ब्यूरोको विमानस्थल शाखामा खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनीमाथि शंका लागेपछि जाँच गरेको थियो।
थाइल्यान्डबाट २०८३ कात्तिक २८ गते नेपाल आएका तिघारेको लगेज जाँच गर्ने क्रममा विभिन्न सामानभित्र लुकाएर राखिएको ५.५ किलोग्राम सेतो हेरोइन फेला परेको ब्यूरोले जनाएको छ।
प्रहरीले उनको साथबाट ५.५ किलोग्राम सेतो हेरोइन, एउटा राहदानी र एउटा मोबाइल फोन बरामद गरेको छ।ब्यूरोका अनुसार पक्राउ परेका तिघारे अन्तर्राष्ट्रिय लागुऔषध कारोबारमा संलग्न गिरोहका मुख्य व्यक्तिमध्ये एक हुन्।
उनीमाथि थप अनुसन्धान भइरहेको छ। हवाई मार्गबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूले लागुऔषध ओसारपसार गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उक्त सफलता प्राप्त भएको ब्यूरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0