बारामा सर्पदंशबाट १० वर्षीया बालिकाको मृत्यु
ईर्साद अन्सारी
२ कार्तिक,बारा । बाराको परवानीपुर गाउँपालिकामा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।
परवानीपुर गाउँपालिका–५, नौतन टोल निवासी मनोज साहकी करिब १० वर्षीया छोरी सन्झना कुमारीको सर्पले टोकेर मृत्यु भएको हो। प्रहरीका अनुसार, आइतबार राति करिब ११ः५५ बजे आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा उनलाई कुन प्रजातीकाे सर्प भन्ने नखुलेको सर्पले टोकेको थियो।
सर्पदंशपछि बिरामी भएकी बालिकालाई उपचारका लागि पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा सोमबार राति १२ः२९ बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे अस्पतालमा कार्यरत प्रहरी कर्मचारीमार्फत इलाका प्रहरी कार्यालय प्रसौनीमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामबालक साहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
मृतक बालिकाको शव नारायणी अस्पतालमै रहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0