बाँदर धपाउन हानेको भरुवा बन्दुकको गोली लागेर युवक गम्भीर घाइते
१७ कात्तिक,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाहमा बाँदर धपाउन चलाइएको भरुवा बन्दुकको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन्।
सोमबार साँझ करिब ५ः३० बजे पैनीकिनारमा बाँदर धपाउन बन्दुक चलाउने क्रममा अन्दाजी ३० वर्षीय उत्तम रमौलीलाई गोली लागेको स्रोतले जनाएको छ।
गोली लागेर गम्भीर घाइते भएका रमौलीलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पतालमा भर्ना गरिएको छ। स्थानीयका अनुसार घटनापछि प्रहरीले रातिको समयमा घटनास्थल क्षेत्रबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ।
यद्यपि, बन्दुक कसले चलाएको हो र गोली लाग्नुको वास्तविक कारणबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन।
स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्रमा बाँदरको आतंक बढ्दै गएको छ। बाँदरले खेतबारी तथा बस्तीमा दुःख दिँदै आए पनि त्यसलाई धपाउन बन्दुक प्रयोग गर्दा युवक गम्भीर घाइते भएका हुन्।फाेटाे एआई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0