. बाँकेको स्टिल उद्योगमा बिहानै आगलागी, सात मजदुर घाइते
ईर्साद अन्सारी
१५ कात्तिक,काठमाण्डाैं । बाँकेको जानकी गाउँपालिका–५ स्थित जय अम्बे स्टिल उद्योगमा आगलागी हुँदा सात जना कामदार घाइते भएका छन्।
आज बिहान करिब साढे ४ बजे उद्योगमा अचानक आगलागी हुँदा घाइते भएका सातै जनालाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको छ।
आगलागीमा जानकी गाउँपालिका–५ निवासी २८ वर्षीय शिवप्रसाद चमारको दुवै हात र अनुहार जलेको छ। २४ वर्षीय प्रेम धोबीको दुवै खुट्टामा चोट लागेको छ भने २९ वर्षीय दिलीपकुमार यादवको दुवै हात जलेका छन्। त्यस्तै, ३५ वर्षीय लक्ष्मीराम यादवको दाहिने हात, बायाँ खुट्टा र ढाडमा चोट लागेको छ।
त्यसैगरी, भारतको बहराइच जिल्ला कठौतिया निवासी २९ वर्षीय राजकुमार निषादको खुट्टामा चोट लागेको छ। २४ वर्षीय शिवकुमार निषादको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ भने २५ वर्षीय विनोदकुमार निषादको ढाडमा चोट लागेको छ।
प्रहरीका अनुसार घाइतेमध्ये शिवप्रसादको अवस्था मध्यम रहेको छ भने अन्य छ जनाको अवस्था सामान्य रहेको छ। आगलागीको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक लालबहादुर शाहीको कमाण्डमा ११ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
आगलागीको कारण र क्षतिको विवरणबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0