सिस्नेरीमा ईभी गाडीभित्र बेहोस भएका बाराका १९ वर्षीय युवकको मृत्यु
२२ भदाै,बारा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित दक्षिणकाली सडकखण्डमा ईभी गाडीभित्र अचानक बेहोस भएका बाराका १९ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–११ का प्रदीप पटेल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पटेल वीरगन्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७७५ नम्बरको ईभी गाडीमा यात्रुका रूपमा सवार थिए। गाडी सिस्नेरीको टेकर भन्ने स्थानमा पुगेपछि बिहान करिब ९ः३० बजे उनी गाडीभित्रै अचानक बेहोस भएका थिए।
घटनालगत्तै सिस्नेरी प्रहरी चौकीबाट खटिएको टोलीले पटेललाई उद्धार गरी नजिकैको स्वास्थ्य चौकीमा पुर्याएको थियो। प्रारम्भिक उपचारपछि होसमा आएर सामान्य बोल्न सक्ने भए पनि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको थियो।
काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा पुर्याएर परीक्षण गर्दा चिकित्सकले बिहान ११ः०३ बजे पटेललाई मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0