भ्रामक सूचना फैलाउनेमाथि कारबाही, सामाजिक सञ्जालमा तथ्य पुष्टि गरेर मात्रै सेयर गर्न प्रहरीको आग्रह

Sep 7, 2026 - 15:34
 0  4
भ्रामक सूचना फैलाउनेमाथि कारबाही, सामाजिक सञ्जालमा तथ्य पुष्टि गरेर मात्रै सेयर गर्न प्रहरीको आग्रह

२२ भदाै,काठमाडौं । नेपाल प्रहरीले विपद्का समयमा सामाजिक सञ्जालमार्फत भ्रामक तथा गलत सूचना फैलाउने सामग्रीमाथि कारबाही थालेको जनाएको छ।

 प्रहरीका अनुसार कारबाहीका लागि पहिचान गरिएका सामग्रीमध्ये फेसबुकका १६८, टिकटकका ८ र इन्स्टाग्रामका १ सामग्री रहेका छन्।

 तीमध्ये फेसबुकका ७९ र टिकटकका ८ सामग्री हटाइएको जनाइएको छ। नेपाल प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कुनै पनि सूचना पोस्ट वा सेयर गर्नुअघि त्यसको सत्यतथ्य पुष्टि गर्न आग्रह गरेको छ।

 विशेषगरी विपद्को समयमा अफवाह तथा गलत सूचना फैलाउँदा उद्धार, राहत तथा विपद् व्यवस्थापनमा थप समस्या उत्पन्न हुन सक्ने भएकाले जिम्मेवार भएर सामाजिक सञ्जाल प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो।

प्रहरीले ‘पुष्टि गरौं, त्यसपछि मात्र सेयर गरौं’ भन्ने सन्देश दिँदै तथ्यमा आधारित सूचना प्रसार गरी विपद् व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0