ईर्साद अन्सारी
२९ चैत,हेटाैडा । हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको बीएबी ५२८१ नम्बरको कार दक्षिणकाली नगरपालिका-९ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट करिब ७ सय मिटर तल भिरमा खस्दा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनापछि प्रहरीले मृतकको पहिचान खुलाउँदै हाल दुर्घटनाग्रस्त कारलाई भिरबाट निकाल्ने प्रयास भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया
