७ बैसाख,काठमाण्डाैं । जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न र उनीमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा मन्त्री पदमै बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित भई न्याय सम्पादनमा बाधा पुग्ने उल्लेख गर्दै, मुभमेन्टले ७६ जनाको बलिदानबाट प्राप्त परिवर्तनमा दोषी ठहरिएका वा आरोप लागेका जोकोहीलाई पनि न्यायको कठघरामा ल्याउनुपर्नेमा जोड दिएको छ।
सरकारलाई नेतृत्वदायी र दूरदर्शी बन्न आग्रह गर्दै उक्त संस्थाले मन्त्री चयन जस्तो गम्भीर विषयमा परिपक्वता देखाउन र कसैलाई पनि पद, शक्ति वा राजनीतिक संरक्षणको आधारमा उन्मुक्ति नदिन समेत सचेत गराएको छ।

प्रतिक्रिया
