१४ चैत,काठमाण्डाैं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले आज बिहानै भक्तपुरको गुण्डुबाट ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि गिरफ्तार गरेलगत्तै नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ।
सचिव महेश बस्नेतका अनुसार, बालेन सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको निष्कर्ष निकाल्दै एमालेले संघर्षका कार्यक्रमहरू तय गर्न र आगामी योजनाबारे ठोस निर्णय लिन आज बिहान साढे ८ बजेका लागि यो बैठक डाकेको हो।
प्रतिक्रिया
