नेकपालाई संकटबाट जोगाउन तीन प्रश्नको जवाफ खोज्नुपर्नेमा नेता विष्णु रिजालको जोड

छानबिन न्यूज
पाठक संख्या 61
1 Min Read

बिकेन्द्र सुबेदी

९ बैसाख,बारा । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७ औं स्थापना दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै पार्टी इतिहासकै सबैभन्दा रक्षात्मक र संकटग्रस्त अवस्थामा पुगेको टिप्पणी गरेका छन ।

वि.सं. २०४६ यताकै प्रतिकूल मोडमा पार्टी आइपुगेको उल्लेख गर्दै उनले ६ जना प्रधानमन्त्री बनाइसकेको शक्ति यसपटक प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियतसमेत गुमाउने अवस्थामा पुग्नु गम्भीर चिन्ताको विषय भएको बताए ।

रिजालका अनुसार पार्टीलाई पुरानै साखमा फर्काउन पराजित मनोविज्ञान र ‘म’ बाट सुरु हुने कार्यशैली त्याग्दै ‘हामी’ मा रूपान्तरण हुन सकिन्छ कि सकिँदैन भन्ने पहिलो प्रश्नको जवाफ खोज्नुपर्नेछ भने दोस्रो, पार्टीमा ठोस सुधारको घोषणा गरी नयाँ आशा सञ्चार गर्ने र तेस्रो, युवा पुस्ता (जेन जी) ले बुझ्न र अंगाल्न सक्ने गरी पार्टीलाई विकास गर्न सकिन्छ कि सकिँदैन भन्नेमा स्पष्ट हुनुपर्ने देखिन्छ ।

२००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठ लगायतका संस्थापकहरूबाट स्थापित पार्टीको भविष्य रक्षाका लागि बाह्य दोष मात्र नखोजि आन्तरिक कमजोरी सुधार्नुपर्नेमा जोड दिँदै रिजालले चिन्ता मात्र नगरी गम्भीर चिन्तन गरेर अघि बढ्न सबैलाई आग्रह गरेका छन ।

प्रतिक्रिया
शेयर