९ बैसाख,बारा । आफ्नो सेयर कारोबार लगायतका विषयमा नागरिकस्तरबाट उठेका प्रश्न र जनचासोलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न र पदमा रहँदा स्वार्थको द्वन्द्व (Conflict of Interest) नदेखियोस् भन्ने हेतुले राजीनामा दिएको स्पष्ट पारेका छन् ।
सो घोषणा गर्नुअघि उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट समेत गरेका थिए ।
प्रतिक्रिया
