कञ्चनपुरमा वैवाहिक कार्यक्रममा झडप, धारिलो हतियार प्रहारबाट उज्वल सायरको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 58
1 Min Read
Oplus_16908288

८ बैसाख,बारा । कञ्चनपुरको पुनर्वास नगरपालिका–५, भानुबस्तीमा गएराति एउटा विवाह समारोहमा झडप हुँदा १८ वर्षीय उज्ज्वल सायरको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार राति साढे १ बजेतिर भएको उक्त झगडामा सायरको छातीमा गम्भीर चोट लागेको थियो र उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले हालसम्म दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ, यद्यपि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै पक्राउ परेका व्यक्तिहरूको परिचय भने हाललाई गोप्य राखिएको छ ।

प्रतिक्रिया
शेयर