प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म संसद् चल्न दिँदैनौँ: रामबहादुर थापा ‘बादल’

छानबिन न्यूज
पाठक संख्या 109
1 Min Read
Oplus_16908288

२७ जेठ,काठमाण्डाैं ।  नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताउँदै उक्त अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने स्पष्ट पारेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशको स्वाधीनता सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले त्यससँग सम्बन्धित कुरा सम्बोधन नगरी अन्य एजेन्डामा जान नसकिने अडान राखेका हुन्।

प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले दिएको वक्तव्यमा आफ्नो असहमति रहेको उल्लेख गर्दै नेता बादलले देशको स्वाधीनता प्रमुख कुरा भएको र विवादित अभिव्यक्ति रेकर्डबाट नहटेसम्म संसद् अवरुद्ध रहने चेतावनी दिएका छन्।

प्रतिक्रिया
शेयर