ईर्साद अन्सारी
२६ जेठ,बारा । जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सानो पाइला सहकारी ठगी प्रकरणमा लगाइएको संगठित अपराधको आरोप हटाउने आदेश दिएको छ ।
महान्यायाधिवक्ताको निर्णयअनुसार सरकारी वकिलहरूले दर्ता गरेको आरोपपत्र संशोधनको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मोहन सुवेदीको इजलासले उक्त आरोप हटाउन आदेश दिएको जिल्ला न्यायाधीवक्ता मोहनप्रसाद गुप्ताले जानकारी दिएका छन ।
यसअघि १ असार २०८२ मा सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनामाथि ५ करोड ७४ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेकोमा, अहिले संगठित अपराधको कसुर हटेसँगै आरोपित र पीडित पक्षबीच मिलापत्र गरेर मुद्दा फिर्ता लिने कानुनी बाटो खुला भएको छ ।
प्रतिक्रिया
