प्रचण्ड निमोनिया र रगतमा संक्रमण देखिएपछि अस्पताल भर्ना

छानबिन न्यूज
पाठक संख्या 37
0 Min Read
Oplus_16908288

१६ जेठ,बारा ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखिको सामान्य रुघाखोकी र ज्वरोका कारण थप स्वास्थ्य परीक्षण गर्दा निमोनिया र रगतमा संक्रमण (इन्फेक्सन) देखिएपछि आज ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन् ।

उनका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार चिकित्सकहरूले निमोनियाको उपचार अस्पतालमै बसेर गराउँदा राम्रो हुने सुझाव दिएपछि उनलाई भर्ना गरिएको हो भने हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया
शेयर