विश्वकप लिग २: अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, ईशान पाण्डेको डेब्यु

छानबिन न्यूज
पाठक संख्या 16
1 Min Read
Oplus_16908288

२ जेठ,काठमाण्डाैं ।  आईसिसी  विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा केहीबेरमै सुरु हुन लागेको अमेरिकाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

खेलमा अमेरिकाका कप्तान सैतेजा मुक्कामल्लले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिन लागेको हो। आजको खेलबाट नेपाली टोलीमा ईशान पाण्डेले डेब्यु गर्दैछन् भने युवा ब्याटर कुशल भुर्तेलले टोलीमा कमब्याक गरेका छन्।

अमेरिकालाई सस्तैमा समेट्ने लक्ष्यका साथ मैदान उत्रिन लागेको नेपालको प्लेइङ ११ मा कप्तान रोहित कुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्

प्रतिक्रिया
शेयर