राज्यकोषमा लगाम: मर्मत गरी चलाउन र नयाँ नकिन्न प्रधानमन्त्री कार्यालयको ‘कडा’ परिपत्र

छानबिन न्यूज
पाठक संख्या 67
1 Min Read
Oplus_16908288

१ जेठ,काठमाण्डाैं । नेपाल सरकारको प्रधानमन्त्री कार्यालयले राज्यकोषमा पर्ने भार कम गर्न र सार्वजनिक खर्चलाई थप प्रभावकारी बनाउन अत्यावश्यक बाहेकका नयाँ सामग्री खरिद नगर्न देशभरका सरकारी निकायहरूलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत सूर्यबहादुर बस्नेतका अनुसार कतिपय कार्यालयहरूले साविकमा प्रयोग भइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, कम्प्युटर र मोबाइलजस्ता उपकरणहरू मर्मत नगरी नयाँ खरिद गर्ने तथा मर्मतका नाममा अस्वाभाविक खर्च गर्ने गुनासो आएपछि सुशासन र मितव्ययिताका लागि यस्तो परिपत्र गरिएको हो

। सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहलाई पठाइएको उक्त परिपत्रमा नयाँ सामान खरिद गर्नुको सट्टा हाल उपलब्ध रहेका फर्निचर, औजार र सवारी साधनहरूलाई नै चालु अवस्थामा राखी प्रयोग गर्न र कार्यालय प्रमुखहरूलाई जिम्मेवार बन्दै सार्वजनिक खर्चमा कडाइ गर्न निर्णयानुसार अनुरोध गरिएको छ ।

प्रतिक्रिया
शेयर