टांगिया बस्ती घटना: बालबालिकालाई रुखमा बाँधेर कुट्ने ४ महिला प्रहरी नियन्त्रणमा

छानबिन न्यूज
पाठक संख्या 27
1 Min Read

१७ असार,बारा ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीमा मोबाइल चोरीको आरोपमा चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न चार जना महिलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

मंगलबार बिहान स्थानीय सार्वजनिक चौतारामा रहेको बरको रुखको फेदमा डोरीले बाँधेर बालबालिकाहरूमाथि कुटपिट गरिएको घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय बाराले ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानीमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईवालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध बालबालिका विरुद्धको कसूरमा मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया
शेयर