साइकलमा आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार गर्ने भारतीय नागरिक वीरगञ्जबाट पक्राउ

छानबिन न्यूज
पाठक संख्या 64
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१७ असार,बारा ।  वीरगञ्जमा साइकलमा आँप बिक्री गर्ने बहानामा प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को अवैध कारोबार गरिरहेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन्।

वीरगञ्ज महानगरपालिका–९ मा गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा खटिएको टोलीले मंगलबार साँझ भारतको बिहार राज्य, बेतिया निवासी ३० वर्षीय गुड्डु आलमलाई नियन्त्रणमा लिएको हो।

वीरगञ्ज–८ मा डेरा गरी बस्ने आलमको साइकल जाँच गर्दा पछाडिको चक्का नजिक झुण्ड्याइएको प्लास्टिकको बोराभित्र लुकाइराखेको २७ ग्राम २९० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेका आलमलाई हिरासतमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया
शेयर